गुगलपछि फेसबुकले पनि छोड्यो हुवावेको साथ « Khabarhub

गुगलपछि फेसबुकले पनि छोड्यो हुवावेको साथ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– अमेरिकाले कालोसूचीमा राख्दै हुवावेसँग कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले कारोबार बन्द गरेका छन् ।

गुगल लगायतका अमेरिकी कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेका छन् । हुवावेसँग कारोबार नगर्ने अमेरिकी कम्पनीहरुको सूचीमा अर्को कम्पनी थपिएको छ- सामाजिक सञ्जाल फेसबुक । फेसबुकले हुवावेका नयाँ फोनमा आफ्ना एप्लिकसन प्रिइन्स्टल नहुने घोषणा गरेको जनाइएको छ ।

फेसबुकसहित हुवावेका नयाँ फोनमा अब इन्स्टाग्राम र ह्वाट्सएपका एप्लिकेसन पनि प्रिइन्स्टल नहुने जनाइएको छ । अमेरिकी निर्णय अनुसार हुवावेसँग फेसबुकले सहकार्य नगर्ने घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका हुन् ।

यद्यपि पुराना हुवावे फोनमा भने फेसबुक चलिनै रहने जनाइएको छ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : ४१ बजे

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही