बालिका बलात्कारपछि हत्याको विरोधमा भारतभर प्रदर्शन « Khabarhub

बालिका बलात्कारपछि हत्याको विरोधमा भारतभर प्रदर्शन


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलिगढ- भारत उत्तर प्रदेशको अलिगढ शहरमा एक बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको विषयलाई लिएर न्याय खोज्दै भारतभर प्रदर्शन शुरु भएको छ ।

पीडित परिवारलाई न्याय दिलाउन भन्दै भारतका विभिन्न क्षेत्रमा मानिसहरु सडकमा उत्रेका छन् । गत मे ३० मा अलिगढको टप्पल क्षेत्रबाट बेपत्ता भएकी अढाई वर्षे बालिकाको क्षत विक्षत शव जुन २ का दिन भेटिएको थियो ।

उनको अपहरणपछि घाँटी थिचेर हत्या गरिएको र उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा घरबाट केबल १ सय किलोमिटर टाढा फेला परेको थियो । उनको हत्या गर्नुअघि बलात्कार समेत भएको जनाइएको छ ।

शुरुमा प्रहरीले पोष्टमार्टम गर्दा बालिकाको बलात्कार नभएको रिपोर्ट तयार पारेको थियो । बलात्कार नभएको रिपोर्ट बनाउने ५ प्रहरीलाई बर्खास्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

असलन नाम गरेका छिमेकीको घरमा बालिका बलात्कारपछि हत्या भएको जनाइएको छ । हत्या पछि दुर्गन्ध नआओस् भन्नाका लागि बालिकाको शवलाई जाहिद नाम गरेका अर्का आरोपीले सलले बाँधेर फ्रिजमा राखेका थिए ।

प्रहरीले घटनाका आरोपी जाहिद, जाहिदका भाइ, जाहिदकी पत्नी र उनका अन्य केही साथीहरुलाई नियन्त्रणमा लिएको छ ।

यो घटनासँगै भारतका विभिन्न स्थानमा बालिकालाई न्याय दिलाउन तथा अपराधीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रेका छन् । भारतका विभिन्न क्षेत्रमा मानिसहरुले कतै आरोपीको पुत्ला जलाएका छन् भने कतै मानिसहरु अनसन बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अलिगढका वकिलहरुले पनि आफूहरु आरोपीका पक्षबाट मुद्धा नलड्ने घोषणा गरिसकेका छन् ।

आक्रोशित भीडले आक्रमण गर्नसक्ने भन्दै भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : ०९ बजे

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३

‘वाम अप’मा आक्रामक देखिएको नेपालको ब्याटिङ इंग्ल्यान्डविरुद्ध कस्तो होला ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट धेरै क्रिकेटप्रेमीका लागि

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’