कृषिमा बजेट कम भएको भन्दै मन्त्री खनालद्वारा असन्तुष्टि « Khabarhub

कृषिमा बजेट कम भएको भन्दै मन्त्री खनालद्वारा असन्तुष्टि


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पारे ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गरे । ‘किसान वर्गिकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालले भने,‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’

मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गरे ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : २३ बजे

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता

तनहुँ–१ निर्वाचन मतगणना अपडेट

तनहुँ– तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा

पाल्पा–१ मा रास्वपाको अग्रता

काठमाडौं – पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी