तपाईलाई थाहा नहुन सक्छ सलमान खानका यी १० रोचक तथ्य « Khabarhub

तपाईलाई थाहा नहुन सक्छ सलमान खानका यी १० रोचक तथ्य


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित बलिउड अभिनेता सलमान खानको फ्लिम भारत अहिले हलहरुमा चलिरहेको छ ।

भारत चलचित्रले हालसम्म १०० करोड भन्दा धेरै कमाई गरिसकेको छ । सलमान खान बलिउडका सदावहार अभिनेता मानिन्छन् । उनका १० रोचक तथ्य सबैलाई थाहा नहुन सक्छ ।

यस्ता छन् १० रोचक तथ्य
१. उनी साबुन औधी मन पराउँछन् । उनको बाथरुममा साबुनको फिज धेरै हुने गरेको छ । उनलाई प्राकृतिक वनस्पति तथा फलफूलको सुगन्ध भएको साबुन मनपर्छ ।
२. ‘मैने प्यार किया’ फिल्म रिलिज भइसकेपछि उनी ६ महिना बेरोजगार बसेका थिए ।
३. चित्रकला उनको सोख हो । उनले आफ्नो जय हो फ्लिमको पोष्टर आफैँले कोरेका हुन् । अर्का अभिनेता आमिर खानका घरका भित्तामा सलमान खानले कोरेका धेरै चित्रहरु छन् ।
४. उनी बच्चैदेखिका उम्दा पौडिबाज हुन् ।
५. उनको हालसम्म कुनै पनि इमेल आईडी छैन । उनी मानिसहरुसँग प्रत्यक्ष भेटघाट वा टेलिफोनमा बोल्न रुचाउँछन् ।
६. बजरंगी भाइजान फ्लिमको ‘सेल्फी ले ले रे’ भन्ने गीतमा अभिनय गरेपनि उनलाई लामो समयसम्म सेल्फी भनेको के हो थाहा थिएन ।
७. उनी आफ्नो चलचित्रमा गरेको अभिनयमा विश्वास राख्छन् । त्यसैले उनी कुनै फिल्म रिभ्यूलाई ध्यान दिँदैनन् । उनी अरुको अभिनय रहेको फ्लिमको पनि रिभ्यूलाई वास्ता गर्दैनन् ।
८. उनका फ्यानहरुले उनको नामलाई समर्पित गरी मुम्बईमा ‘भाइजान्ज’ नामक रेष्टुरेन्ट खोलेका छन् ।
९. बाजीगर फिल्ममा अभिनय गर्न उनलाई शाहरुख खानभन्दा पहिले अफर आएको थियो ।
१०. जीत फ्लिममा गरेको छोटो दृश्यबाहेक उनले बेड सिन वा किस सिन गरेका छैनन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : १० बजे

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर