तपाईलाई थाहा नहुन सक्छ सलमान खानका यी १० रोचक तथ्य « Khabarhub

तपाईलाई थाहा नहुन सक्छ सलमान खानका यी १० रोचक तथ्य


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित बलिउड अभिनेता सलमान खानको फ्लिम भारत अहिले हलहरुमा चलिरहेको छ ।

भारत चलचित्रले हालसम्म १०० करोड भन्दा धेरै कमाई गरिसकेको छ । सलमान खान बलिउडका सदावहार अभिनेता मानिन्छन् । उनका १० रोचक तथ्य सबैलाई थाहा नहुन सक्छ ।

यस्ता छन् १० रोचक तथ्य
१. उनी साबुन औधी मन पराउँछन् । उनको बाथरुममा साबुनको फिज धेरै हुने गरेको छ । उनलाई प्राकृतिक वनस्पति तथा फलफूलको सुगन्ध भएको साबुन मनपर्छ ।
२. ‘मैने प्यार किया’ फिल्म रिलिज भइसकेपछि उनी ६ महिना बेरोजगार बसेका थिए ।
३. चित्रकला उनको सोख हो । उनले आफ्नो जय हो फ्लिमको पोष्टर आफैँले कोरेका हुन् । अर्का अभिनेता आमिर खानका घरका भित्तामा सलमान खानले कोरेका धेरै चित्रहरु छन् ।
४. उनी बच्चैदेखिका उम्दा पौडिबाज हुन् ।
५. उनको हालसम्म कुनै पनि इमेल आईडी छैन । उनी मानिसहरुसँग प्रत्यक्ष भेटघाट वा टेलिफोनमा बोल्न रुचाउँछन् ।
६. बजरंगी भाइजान फ्लिमको ‘सेल्फी ले ले रे’ भन्ने गीतमा अभिनय गरेपनि उनलाई लामो समयसम्म सेल्फी भनेको के हो थाहा थिएन ।
७. उनी आफ्नो चलचित्रमा गरेको अभिनयमा विश्वास राख्छन् । त्यसैले उनी कुनै फिल्म रिभ्यूलाई ध्यान दिँदैनन् । उनी अरुको अभिनय रहेको फ्लिमको पनि रिभ्यूलाई वास्ता गर्दैनन् ।
८. उनका फ्यानहरुले उनको नामलाई समर्पित गरी मुम्बईमा ‘भाइजान्ज’ नामक रेष्टुरेन्ट खोलेका छन् ।
९. बाजीगर फिल्ममा अभिनय गर्न उनलाई शाहरुख खानभन्दा पहिले अफर आएको थियो ।
१०. जीत फ्लिममा गरेको छोटो दृश्यबाहेक उनले बेड सिन वा किस सिन गरेका छैनन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : १० बजे

क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने

काठमाडौं– क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा नेपाली समुदायद्वारा गठित नेपाल

जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमणः केही सदस्यमाथि हातपात

काठमाडौं – जेन-जी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ

कान्तिलोकपथको स्थलगत निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान

दललाई जनतामा जान रोकेर निर्वाचन हुँदैन : डा. महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूलाई जनतामा जान

सरकार र निजी क्षेत्र किंकर्तव्यविमूढ हुँदा विप्रेषणको सदुपयोग हुन सकेन, तरलता बढ्यो

काठमाडौं– केन्द्रीय बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति