पश्चिम बंगालको सन्देशखालीमा भएको झडपमा ४ जनाको मृत्यु « Khabarhub

पश्चिम बंगालको सन्देशखालीमा भएको झडपमा ४ जनाको मृत्यु


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

पश्चिम बंगालको सन्देशखाली क्षेत्रमा केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा तथा राज्यको सरकार चलाइरहेको तृणमूल काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा उनीहरु मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा मारिनेमा ३ जना भाजपाका कार्यकर्ता तथा अर्का एक तृणमूल काँग्रेसका कार्यकर्ता रहेको जनाइएको छ ।
झडपका क्रममा अरु १८ जना घाइते भएका छन् ।

भाजपाको झण्डा र पोस्टर टाँस्नेने क्रममा पछिल्लो झडप भएको जनाइएको छ । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेपछि झडप शुरु भएको थियो । हालै भारतमा भएको आम निर्वाचनमा पश्चिम बंगालमा भाजपाले १८ सिट जितेको थियो । अघिल्लो निर्वाचनमा भने भाजपा केबल २ सिटमा सिमित भएको थियो ।

पश्चिम बंगालमा तृणमूल काँग्रेस तथा मुख्यमन्त्री ममता बनर्जी निकै प्रभावशाली रहेको बताइन्छ । आम निर्वाचनको समययतादेखि पश्चिम बंगालका विभिन्न स्थानमा भाजपा तथा तृणमूल काँग्रेसका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : ४४ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको