ट्रम्पले आक्रोशित हुँदै भने-ब्रिटिस राजदूतसँग व्यवहार गर्दैनौं | Khabarhub Khabarhub

ट्रम्पले आक्रोशित हुँदै भने-ब्रिटिस राजदूतसँग व्यवहार गर्दैनौं


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कप्रति थप आक्रामक बनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गर्दै वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कसँग आफूहरूले व्यवहार नगर्ने बताएका छन्।

ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन्। ब्रिटेनले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा “सुखद समाचार” भएको टिप्पणी पनि उनले गरेका छन्।

ट्रम्पले गरेको ट्वीट यस्तो छ ।

अमेरिको राष्ट्रपति ट्रम्पले आइतवार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम रहेको पनि बताएका थिए। प्रधानमन्त्री मेले आफूलाई सर किममाथि “पूर्ण विश्वास” रहे पनि उनीसँग सहमत हुन नसकिने बताएकी छन्। मेका प्रवक्ताले इमेल चुहावट प्रकरण “एकदमै अस्वीकार्य” भएको बताएका छन् र प्रधानमन्त्रीको कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाएका छन्।

सोमवार लगातार ट्वीटहरू गर्दै ट्रम्पले सर किमलाई “अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको” भनेका छन्। राजदूतलाई समर्थन गरेकोमा मेप्रति पनि आक्रोश पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको बताएका छन्।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : १२ बजे

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको