ट्रम्पले आक्रोशित हुँदै भने-ब्रिटिस राजदूतसँग व्यवहार गर्दैनौं « Khabarhub

ट्रम्पले आक्रोशित हुँदै भने-ब्रिटिस राजदूतसँग व्यवहार गर्दैनौं


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कप्रति थप आक्रामक बनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गर्दै वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कसँग आफूहरूले व्यवहार नगर्ने बताएका छन्।

ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै उनले ब्रिटिश प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन्। ब्रिटेनले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा “सुखद समाचार” भएको टिप्पणी पनि उनले गरेका छन्।

ट्रम्पले गरेको ट्वीट यस्तो छ ।

अमेरिको राष्ट्रपति ट्रम्पले आइतवार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम रहेको पनि बताएका थिए। प्रधानमन्त्री मेले आफूलाई सर किममाथि “पूर्ण विश्वास” रहे पनि उनीसँग सहमत हुन नसकिने बताएकी छन्। मेका प्रवक्ताले इमेल चुहावट प्रकरण “एकदमै अस्वीकार्य” भएको बताएका छन् र प्रधानमन्त्रीको कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाएका छन्।

सोमवार लगातार ट्वीटहरू गर्दै ट्रम्पले सर किमलाई “अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको” भनेका छन्। राजदूतलाई समर्थन गरेकोमा मेप्रति पनि आक्रोश पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको बताएका छन्।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : १२ बजे

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल