थुनुवा कक्षको रेलिङ काटेर ३ थुनुवा भागे « Khabarhub

थुनुवा कक्षको रेलिङ काटेर ३ थुनुवा भागे


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा भागेका छन् । सोमबार मध्यरातमा भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षमा रहेका ३ जना भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसससपी श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले भने -‘३ जना थुनुवा भागेका हुन् । उनीहरुको खोजी कार्य जारी छ।’ ३ थुनुवा भागेपछि अहिले राजधानीमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रेलंग तोडेर भाग्नेमध्ये २ जना डाका मुद्दाका र एक जना लागुऔषदसँग सम्बन्धित थुनुवा हुन् । उनीहरुलाई जावालाखेलबाट भैसेपाटी लगिएको थियो । जावालाखेलमा ठाउँ अभावभएपछि भैसेपाटी लगिएका उनीहरु राति नै भागेका हुन् ।

ड्युटी अफिसर मल्ल छानबिनमा

थुनाव एकाएक फरार भएपछि प्रहरी संगठनमा खैलाबैला मच्चिएको छ। उनीहरु फरार भएपछि ड्युटी अफिसर र इन्चार्ज (इनिस्पेक्टर) किरण मल्ल पनि छानबिनको घेरमा परेका छन् । घटनापछि ड्युटी अफिसर र इन्चार्ज (इनिस्पेक्टर) मल्लसहित चार प्रहरीलाई तत्कालै थप अनुसन्धान भइरहेको छ।

गएराति प्रहरी प्रभाग भैंसेपाटीबाट थुनामा रहेका रविन तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ थुनुवा कक्षको ग्रील तोडेर फरार भएका थिए।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ९ : १४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ