मन्त्रिपरिषदको बैठक बिहान ७ बजेदेखि जारी | Khabarhub Khabarhub

मन्त्रिपरिषदको बैठक बिहान ७ बजेदेखि जारी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि शुरु भएको बैठक जारी छ । बैठक बिहानैदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

बैठकमा सरकारका नियमित काम कारबाहीका बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सरकारका निर्णयको बारेमा चौतर्फी टिप्पणी आएपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । भारतीय दबाबपछि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलपूलको विषादी परीक्षणको निर्णय फिर्ता लिने सरकारको निर्णयपछि सर्वत्र आलोचना हुँदै आएको छ ।

प्रधानमन्त्री कार्यालयले भने सोमबारको मन्त्रिपरिषद बैठकको निरन्तरता आजको बैठक भएको जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ९ : २९ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका