इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य « Khabarhub

इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य पाएको छ । देब्रे हाते स्पिनर बलर सागर ढकालले घातक बलिङ गरेपछि इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा हङकङ ९५ रनमा सीमित भयो ।

सागर एक्लैले पाँच विकेट लिए । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकटे गुमाउँदै ९५ रन मात्र जोड्न सक्यो ।

हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन जोडे । उनले ७१ बल खेल्दै ४ चौकाको मद्दतमा २४ रन जोडेका हुन् । त्यस्तै कलहान मार्क चल्लुले १९, रौनक कपुरले १२ र रन जोडे । नेपाली बलर सामु निरही देखीएका हङकङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

२३ औं ओभरमा ४७ रन पुग्दा हङकङले ५ विकेट गुमाई सकेको थियो । त्यसपछि कमल सिंह ऐरी, र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि हङकङ सस्तैमा समेटिएको हो ।

हङकङलाइै सस्तैमा समेट्न सर्वाधिक विकेट लिएका सागरले १० ओभरमा ५ मेडियन सहित १८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ऐरीले तीन तथा भण्डारी र कुसल मल्लले एक एक विकेट लिए । अहिले नेपालले जवाफी व्याटिङ गरिरहेको छ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ११ : ०२ बजे

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर