इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य « Khabarhub

इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा नेपाललाई ९६ रनको झिनो लक्ष्य पाएको छ । देब्रे हाते स्पिनर बलर सागर ढकालले घातक बलिङ गरेपछि इस्टन रिजन यू-१९ एसिया कप छनोटको फाइनलमा हङकङ ९५ रनमा सीमित भयो ।

सागर एक्लैले पाँच विकेट लिए । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकटे गुमाउँदै ९५ रन मात्र जोड्न सक्यो ।

हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन जोडे । उनले ७१ बल खेल्दै ४ चौकाको मद्दतमा २४ रन जोडेका हुन् । त्यस्तै कलहान मार्क चल्लुले १९, रौनक कपुरले १२ र रन जोडे । नेपाली बलर सामु निरही देखीएका हङकङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

२३ औं ओभरमा ४७ रन पुग्दा हङकङले ५ विकेट गुमाई सकेको थियो । त्यसपछि कमल सिंह ऐरी, र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि हङकङ सस्तैमा समेटिएको हो ।

हङकङलाइै सस्तैमा समेट्न सर्वाधिक विकेट लिएका सागरले १० ओभरमा ५ मेडियन सहित १८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै ऐरीले तीन तथा भण्डारी र कुसल मल्लले एक एक विकेट लिए । अहिले नेपालले जवाफी व्याटिङ गरिरहेको छ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ११ : ०२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका