एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई « Khabarhub

एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले उचालेको छ । मलेसियाको किन्नरा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङ्लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले दिएको ९६ रनको लक्ष्य नेपपाली टोलीले १६.१ ओभरमा पुरा गर्‍यो। नेपालका लागि पवन शर्राफले ३९ रन बनाउँदा रित गौतमले १३ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले १२ रन बनाएका थिए । यता, नेपालविरुद्ध हङकङका क्वान्क्यु कपुरले २ विकेट लिए भने मोहम्मद हशन र मोहम्मद हशन खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले अदित गोरवारले २४ रन बनाउँदा कल्हन मार्क चल्लुले १९ रन बनाएका थिए भने हङकङलाई सस्दैमा समेट्न नेपालका सागर ढकालले ५ विकेट लिएका थिए । उनले १० ओभरमा ५ मेडन ओभरसहित १८ रन खर्चेर ५ विकेट लिएका थिए भने कमलसिंह ऐरीले ३ विकेट लिए भने तिलक भण्डारी र कुसल मल्लले समान एक–एक विकेट लिए ।

उपाधि उचालेको नेपाल एसिया कपमा छनोट भएको छ । अब नेपालले एसिया कपमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १२ : ५२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि