बोर्डले थाल्यो ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को तयारी « Khabarhub

बोर्डले थाल्यो ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को तयारी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोहको आयोजना गर्ने भएको छ । बोर्डले यही असार २७ गते राष्ट्रपति भवन, शीतल निवासमा भव्य कार्यक्रमको आयोजना गर्ने भएको हो ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह ३ वर्षदेखि हुन सकेको थिएन । त्यसैले यसपटकको पुरस्कार समारोहका लागि विशेष रुपमा तयारी गरिएको पनि जनाइएको छ ।

बोर्डले यस वर्ष ३ वर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकैपटक प्रदान गर्ने जनाएको छ । तीनै वर्ष प्रदर्शनमा आएका चलचित्रबाट निर्णायकले चयनमा पारेका चलचित्रको नाम बोर्डलाई बुझाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

पुरस्कृत हुने सबैले जनही २५ हजार रुपैयाँ समेत पाउनेछन् । समारोहमा ३ वर्षको दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ ।

पुरस्कृतलाई सम्मानका खातिर हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले बताए । साथै अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरिएको छ ।

यस्तै चलचित्र विकास बोर्डले समारोहमा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्ने पनि कार्यक्रम छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ४८ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका