बनेपामा सिरिन्ज आक्रमण गरेको आरोप लागेका युवक थुना मुक्त « Khabarhub

बनेपामा सिरिन्ज आक्रमण गरेको आरोप लागेका युवक थुना मुक्त


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक बसमा युवतीमाथि सिरिन्ज (सुई) घोपेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् ।

बसमा यात्रा गरिरहेका बेला एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण गरेको आरोप लगाएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक पक्राउ परेका थिए ।

काभ्रेको धुलिखेलमा उपचाररत भनिएका दाईलाई भेट्न काठमाडौंबाट धुलिखेल जाने गाडीमा चढेका पाठकलाई सोही बसमा यात्रारत एक १९ वर्षीया किशोरीले आफूमाथि सुई घोपेको आरोप लगाएकी थिइन् ।

युवतीको आरोपपछि बसमा यात्रारत यात्रु र स्थानीयले पाठकलाई कुटपिट गरेका थिए । स्थानीयको घेरामा रहेका पाठकलाई प्रहरीले काभ्रेको बनेपाबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा युवतीमाथि पाठकले नै सिरिन्ज आक्रमण गरेको पुष्टि हुने कुनै प्रमाण फेला नपरेपछि उनलाई हिरासत मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

सिरिन्ज आक्रमणमा परेकी भनिएकी किशोरीलाई भने चेकजाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र पठाइएको र रिपोर्ट आएपछि मात्रै थप कारबाही अगाडि बढाइने एसपी सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ३७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक