बल्ल बन्यो ट्रमा सेन्टरको सिटी स्क्यान, आजदेखि सञ्चालनमा | Khabarhub Khabarhub

बल्ल बन्यो ट्रमा सेन्टरको सिटी स्क्यान, आजदेखि सञ्चालनमा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको सिटी स्क्यान आज (मंगलबार) देखि संचालनमा आएको छ । लामो सयमदेखि विग्रिएको सिटी स्क्यान समयमा मर्मत नहुँदा ट्रमा सेन्टरका बिरामीले सास्ती भोग्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ करोड बजेट उपलब्ध गराएपछि ट्रमा सेन्टरको सिटी स्क्यान मर्मत गरिएको अस्पतालका प्रमुख प्रमोद यादवले जानकारी दिए ।

‘ट्रमाको सिटी स्क्यानको ट्युव बिग्रिएको ४ महिनाभन्दा बढी भइसकेको थियो, तर मर्मतका लागि धेरै खर्च लाग्ने भएकाले हामीले बनाउन सकेका थिएनौं,’ डा यादवले भने, ‘स्वास्थ्य मन्त्रालयमा सिटी स्क्यान मर्मतको लागि पहल गरेपछि मन्त्रालयले एक करोड उपलब्ध गरायो त्यसपछि हामीले सिटी स्क्यानको ट्युव फेरेर सिटी स्क्यान आजदेखि सञ्चालनमा ल्यायौं ।’

२०७२ सालको भूकम्प पछि सञ्चालमा आएको १६ स्लाइसको सिटी स्क्यान भारत सरकारको सहयोगमा जडान भएको थियो । यसअघि पनि ट्रमा सेन्टरको सिटी स्क्यान बिग्रिने र पटक पटक पुन: मर्मत गरी सञ्चालन गरिँदै आएको थियो ।

ट्रमा सेन्टरको सिटी स्क्यान विग्रिँदा बिरामीले सेवा लिनबाट बञ्चित भएपछि सो कुरा संसदमा समेत उठेको थियो ।

सिटी स्क्यानको ट्युव फेर्न ७० लाख लाग्ने बताइए पनि स्वास्थ्य मन्त्रालयले १ करोड बजेट छुट्याएर ट्रमा सेन्टरको सिटी स्क्यान मर्मत गरको हो ।

सिटी स्क्यान विग्रिदा ट्रमा सेन्टरमा आउने ३० देखि ४० जना बिरामीले दैनिक समस्या भोग्दै आएका थिए भने अस्पताललाई आन्तरिक श्रोतको दैनिक डेढलाख सम्म घाटा वेहोर्नुपरेको थियो ।


३ महिनादेखि बिग्रेको ट्रमा सेन्टरको सिटी स्क्यान अझै बनेन, अस्पताललाई दैनिक डेढ लाख घाटा

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : १२ बजे

आज सेतो मछिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने