सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्ः सांसद बडु « Khabarhub

सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्ः सांसद बडु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसद बडुले सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडालाई सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापनामा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीलाई ट्रेड युनियनको अधिकारबाट बन्चित गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले कर्मचारीहरुको सेवा र सुविधा उपलब्ध गराउने समितिको नेतृत्व कर्मचारी संगठनहरुलाई दिने व्यवस्था नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

न्यायको दृष्टिकोणले पनि कर्मचारीहरुको सेवा, सुविधा दिने समितिको नेतृत्व उनीहरुलाई दिन नमिल्ने उनको तर्क थियो । सांसद रावलले कर्मचारीहरुलाई अझै जवाफदेही बनाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

विधेयकमा कर्मचारीहरुको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न एक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । तर त्यसको नेतृत्व कर्मचारी संगठनहरुलाई दिनु न्यायका दृष्टिले पनि उपयुक्त नहुने सांसद रावलको तर्क छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : २५ बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद