मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु « Khabarhub

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलमै ७ जनाको ज्यान गएको थियो । अन्य ७ जना घाइतेको भने उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको छ। भीरालो भूभागका कारण उद्धार कार्य केही कठिन भएको बताइएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचानबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : १० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको