विप्लव समूहका जिल्ला इञ्चार्ज मृत्यु प्रकरण : संसद बैठक बुधबारसम्मका लागि स्थगित « Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्ज मृत्यु प्रकरण : संसद बैठक बुधबारसम्मका लागि स्थगित


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने विपक्षी दलको मागप्रति सत्तारुढ दल नेकपाले असहमति जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत दलले प्रहरीको गोली प्रहारबाट भएको पौडेलको मृत्यु प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै मंगलबार संसद बैठकमा अवरोध गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले सर्लाही घटनाबारे संसदलाई जानकारी गराएपछि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रोस्टम घेराउ गरेका थिए ।

कांग्रेस र राजपाको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

१५ मिनेटका लागि बैठक स्थगित गरिएपछि सत्तारुढ दल नेकपासहित कांग्रेस र राजपाका प्रमुख सचेतकसँग संसद बैठक सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए ।

छलफलमा नेपाली कांग्रेस र राजपाले संसदीय समिति गठन गर्नुपर्ने आफ्नो अडान नछाड्ने र नेकपाले त्यसमा सहमति जनाउन नसक्ने अडान दोहो¥याएपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिउको छ ।’

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : २७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी