अनुहारमा चायाँ-पोतो किन आउँछ ? यी हुन् हटाउने उपाय « Khabarhub

अनुहारमा चायाँ-पोतो किन आउँछ ? यी हुन् हटाउने उपाय


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुन्दर अनुहार सबैलाई मनपर्छ । गर्मीको समयमा अनुहारमा चायाँ पोतो तथा अन्य दागहरु बढी आउँछ ।

अनुहारमा आउने चायाँ, पोतोले मानिसहरु चिन्तित हुने गर्छन् । सुन्दर अनुहार आकर्षणका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

किनकी तपाईको अनुहारमा चायाँ, पोतो र डन्डीफोहोर आउनु भनेको स्वस्थ्यमा खराबी देखिएको संकेत पनि हो । १५ देखि ४० वर्षका महिला तथा पुरुषहरुमा चाँया, पोतोको समस्या बढी हुन्छ । हर्मोनको गडबढीका कारण अनुहारमा चायाँ पोतो आउँछ ।

किन आउँछ चायाँ पोतो ?

–पेटसम्बन्धी रोग भएमा,

–अनिन्द्राको समस्यामा भएमा,

–घाममा बढी बस्ने व्यक्तिमा,

– कलेजो सम्बन्धी रोग लागेमा,

– पानी कम पिउने बानी भएमा,

–गुणस्तरहीन सौन्दर्य सामाग्री प्रयोग गरेमा,

–इलेक्ट्रिकल उज्यालोमा धेरै समयमा बसेमा,

–अस्वस्थकर खाना खानाले ।

कसर हटाउने चायापोतो ?

–चर्को घाममा नहिड्ने,

–पेट सम्बन्धी रोग भएमा समयमै स्वास्थ्यउपचार गर्ने,

– पानी प्रशस्त पीउने,

–अनुहारमा डण्डीफोर आएमा नकोट्याउने,

–जथाभावी रुपमा सौन्दर्यका सामाग्री प्रयोग नगर्ने,

–जंक फुड नखाने,

– घाममा निस्कनै परेमा चिकित्सकको सल्लाहमा सन्स क्रिम लगाएर मात्रै निस्कने ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : १० बजे

हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु

हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा

भारतमा नयाँ श्रम संहिताविरुद्ध श्रमिकको देशव्यापी प्रदर्शन

एजेन्सी– भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ