नेपाल-अमेरिका चलचित्र महोत्सवमा ‘फगुन हवे’ उत्कृष्ट « Khabarhub

नेपाल-अमेरिका चलचित्र महोत्सवमा ‘फगुन हवे’ उत्कृष्ट


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका – मेरिल्याण्डमा हालै सम्पन्न भएको तेस्रो ‘नेपाल-अमेरिका चलचित्र महोत्सव’ मा तउक्वीर अहमद निर्देशित ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ ।

नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजना सम्पन्न भएको महोत्सवमा युकी कांग निर्देशित फिल्म ‘अ लिटिल विस्डम’ ले उत्कृष्ट वृत्तचित्रको उपाधि जितेको छ भने चलचित्र ‘आर यु भलिबल’ नामक लघु चलचित्र उत्कृष्ट लघु चलचित्र घोषित भएको छ । उक्त लघु चलचित्रलाई इरानी निर्देशक मोहम्मद बोक्सीले निर्देशन गरेका हुन् ।

महोत्सवमा विभिन्न राष्ट्रका ३४ चलचित्रहरु प्रदर्शन गरिएको थियो । नेपाली निर्देशक मीनबहादुर भामको अध्यक्षतामा गठन भएको ३ सदस्यीय निर्णायक टिमले फिल्म छनोट गरेको थियो ।

यसै गरी स्पेशल मेन्सन विधामा ‘पोर ग्रेग डौनिङ’ र ‘टहरा’ ले पुरस्कार हात पारे । यस्तै ग्राण्ड जुरी अवार्डमा मनोजबाबु पन्तको फिल्म ‘अवशेष’ ले उपाधि जित्यो भने अविनाशविक्रम शाहको ‘तातिनी’ पनि पुरस्कृत भयो ।

नेपाली चलचित्र ‘बुलबुल’ को प्रदर्शन गर्दै शुरु गरिएको महोत्सवमा नेपाली फिल्म ‘कथा ७२’ प्रदर्शन गरेर समापन गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : २२ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि