आयातित तरकारीमा विषादी परीक्षण नगर्नु जनस्वास्थ्य ऐन विपरित : चिकित्सक संघ « Khabarhub

आयातित तरकारीमा विषादी परीक्षण नगर्नु जनस्वास्थ्य ऐन विपरित : चिकित्सक संघ


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय नै फिर्ता लिएर सरकारले जनस्वास्थ्यमा खेलवाड गरेको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले मंगलबार विज्ञप्ती जारी गर्दै नेपालीहरुले दैनिक प्रयोग गर्ने तरकारी तथा फलफूलको विषदी परीक्षण गर्ने निर्णयलाई कार्यान्वयन गर्नुको सट्टा मन्त्रिपरिषद्बाटै निर्णय फिर्ता लिनु जनस्वास्थ्य ऐन विपरित भएको जनाएको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा विक्री वितरणलाई गुणस्तर र स्वस्थ बनाइने भनिएको छ । मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने अत्यावश्यक सामाग्रीको गुणस्तर परीक्षणमा सरकार जिम्मेवार हुनुपर्नेमा विषादी परीक्षण गर्ने निर्णय नै फिर्ता लिइ जनताको विश्वास र आशामा सरकारले कुठाराघात गरेको संघको आरोप छ ।

विषादीयुक्त फलफूल तथा तरकारीको सेवनले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पर्ने संघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विषादीयुक्त तरकारी सेवनबाट मानिसमा मानसिक असन्तुलन, श्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसावमा समस्या तथा छालामा तत्काल संक्रमण देखिन्छ ।

यस्तै नियमिरुपमा विषादी मिसाइएको तरकारी तथा फलफूल सेवन गर्दा मुटु, कलेजो, मिर्गौलामा गम्भिर असर पर्ने तथा क्यान्सर समेत हुनसक्ने संघको भनाइ छ ।

विषादीयुक्त फलफूल तथा तरकारीले बाँझोपन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु समेत निम्त्याउने भन्दै नेपालीको स्वस्थ ई बाँच्न पाउने र गुणस्तयुक्त उपभोग्य वस्तुको सेवन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न संघले माग राखेको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ३१ बजे

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र

अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य