ओली-लेखकबारे मौनता साँधेको कांग्रेसले भन्यो : सरकार ‘सेलेक्टिभ’ देखियो, आवेगमा गरिने निर्णयले राम्रो गर्दैन   « Khabarhub

ओली-लेखकबारे मौनता साँधेको कांग्रेसले भन्यो : सरकार ‘सेलेक्टिभ’ देखियो, आवेगमा गरिने निर्णयले राम्रो गर्दैन  


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस ले २०८२ भदौ २३ र २४ का घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । उसले निष्पक्ष, पारदर्शी र विधिसम्मत प्रक्रिया अपनाउन पनि सरकारलाई आग्रह गरेको छ।

शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले भदौ २५ गतेदेखि नै दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आएको स्मरण गराएको छ। तर शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफ्नै पार्टीका नेता रमेश लेखकबारे कांग्रेसले मौनता साँधेको छ । 

त्यस्तै भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्का को सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको जनाएको छ।

कांग्रेसले चैत ६ देखि ८ गतेसम्म बसेको पार्टी बैठकले पनि आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको उल्लेख गर्दै प्रतिवेदन अहिलेसम्म विधिसम्मत ढंगबाट सार्वजनिक नभएको जनाएको छ। 

सञ्चारमाध्यममा आएको विवरणअनुसार आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा समेटे पनि भदौ २४ का घटनालाई नजरअन्दाज गरेको भन्दै कांग्रेसले प्रतिवेदन अपूर्ण र एकपक्षीय भएको दाबी गरेको छ।

विज्ञप्तिमा तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रतिवेदन अध्ययनपछि मात्रै निर्णय गर्ने भनेको अवस्थामा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले हतारमा कार्यान्वयन गर्ने निर्णय गर्नु तथा पक्राउ गर्नु सरकारको ‘सेलेक्टिभ’ व्यवहार भएको आरोप लगाइएको छ।

कांग्रेसले भदौ २३ र २४ दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। 

आवेगमा गरिने निर्णयले विधिको शासन कमजोर हुने, मुलुक पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चेतावनी समेत दिएको छ।

विज्ञप्तिमा सरकारलाई संयमता अपनाउँदै निष्पक्ष अनुसन्धान, अभियोजन र कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : १३ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता