भद्रकालीमा अभद्र बनेकी ‘धर्तीमाता’ धरौटीमा रिहा « Khabarhub

भद्रकालीमा अभद्र बनेकी ‘धर्तीमाता’ धरौटीमा रिहा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई  ‘धर्तीमाता’ अवतार मान्ने विण्णु कुँवर रिहा भएकी छिन्।

काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई यातना दिइ तथानाम गाली गरेपछि पक्राउ परेकी कुँवर ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् । यही असार १३ गते बालाजु क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार गरी ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको बताइएको छ ।

भद्रकाली मन्दिर परिसरमा युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ३८ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक