म्यान्चेस्टरको वर्षाले विश्वकप प्रभावित, शुरु भएन भारत र न्यूजिल्यान्डको खेल « Khabarhub

म्यान्चेस्टरको वर्षाले विश्वकप प्रभावित, शुरु भएन भारत र न्यूजिल्यान्डको खेल


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको पहिलो सेमिफाइनलको न्यूजिल्यान्ड र भारतबीचको खेल वर्षाले प्रभावित भएको छ । टस जितेर ब्याटिङ गरिरहेको न्यूजिल्यान्ड ४६.१ ओभरमा खेलिरहँदा वर्षा शुरु भएपछि खेल प्रभावित भएको हो ।

म्यानचेस्टस्थित ओल्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले वर्षा रोकिनु अघि ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ ।

न्यूजिल्याण्डका कप्तान केन विलियमसनले टस जितेर पहिलो ब्याटिङको निर्णय गरेपनि खेलमा ब्याटिङ शुरुवात भने राम्रो गर्न सकेन् । जसमा न्यूजिल्याण्डले पहिलो पावरप्लेमा ५० रन समेत कटाउन सकेन ।

यद्यपी तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान विलियमसन र रोस टेलरले उत्कृष्ट साझेदारी गरे । जसमा रोसले ६७ रन बनाउँदा कप्तान विलियमसनले पनि ६७ रन बनाए । यस्तै, न्यूजिल्यान्डका लागि हेनरी निकोलासले २८ रन, कोलिन डि ग्रान्डहोमले १६ रन बनाएका थिए ।

टस हारेर पहिलो फिल्डिङ गरेको भारतका बलरहरुले कसिलो बलिङ गरे । जसमा भुवनेश्वर मुमार, हार्दीक पाण्ड्या, जस्प्रीत बुमराह, रविन्दर जडेजा र युज्भेन्दर चहालले समान एक–एक विकेट लिएका हुन् ।

भारत र न्यूजिल्यान्डबीचको लिग चरणको खेल पनि वर्षाकै कारण अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ९ : ३६ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको