म्यान्चेस्टरको वर्षाले विश्वकप प्रभावित, शुरु भएन भारत र न्यूजिल्यान्डको खेल « Khabarhub

म्यान्चेस्टरको वर्षाले विश्वकप प्रभावित, शुरु भएन भारत र न्यूजिल्यान्डको खेल


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको पहिलो सेमिफाइनलको न्यूजिल्यान्ड र भारतबीचको खेल वर्षाले प्रभावित भएको छ । टस जितेर ब्याटिङ गरिरहेको न्यूजिल्यान्ड ४६.१ ओभरमा खेलिरहँदा वर्षा शुरु भएपछि खेल प्रभावित भएको हो ।

म्यानचेस्टस्थित ओल्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले वर्षा रोकिनु अघि ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ ।

न्यूजिल्याण्डका कप्तान केन विलियमसनले टस जितेर पहिलो ब्याटिङको निर्णय गरेपनि खेलमा ब्याटिङ शुरुवात भने राम्रो गर्न सकेन् । जसमा न्यूजिल्याण्डले पहिलो पावरप्लेमा ५० रन समेत कटाउन सकेन ।

यद्यपी तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान विलियमसन र रोस टेलरले उत्कृष्ट साझेदारी गरे । जसमा रोसले ६७ रन बनाउँदा कप्तान विलियमसनले पनि ६७ रन बनाए । यस्तै, न्यूजिल्यान्डका लागि हेनरी निकोलासले २८ रन, कोलिन डि ग्रान्डहोमले १६ रन बनाएका थिए ।

टस हारेर पहिलो फिल्डिङ गरेको भारतका बलरहरुले कसिलो बलिङ गरे । जसमा भुवनेश्वर मुमार, हार्दीक पाण्ड्या, जस्प्रीत बुमराह, रविन्दर जडेजा र युज्भेन्दर चहालले समान एक–एक विकेट लिएका हुन् ।

भारत र न्यूजिल्यान्डबीचको लिग चरणको खेल पनि वर्षाकै कारण अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ९ : ३६ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई