सीमानाको यो बारले रोक्दैन बालबालिकालाई रमाउन ! « Khabarhub

सीमानाको यो बारले रोक्दैन बालबालिकालाई रमाउन !


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा हाल मेक्सिकोको सीमामा पर्खाल लगाउने कुरा भइरहेको छ । मेक्सिकोबाट गैरकानूनी आप्रवासीहरु आउने भएका कारण उनीहरुलाई रोक्नका लागि अमेरिकाको दक्षिणी सीमामा पर्खाल लगाउने कुरा चलेको हो ।

तैपनि दुई मुलुकको सीमामा पर्खाल निर्माण भइसकेको छैन । केही स्थानमा सामान्य बार लागेको छ जसले मेक्सिको र अमेरिकाको सीमा छुट्टयाइएको छ । यसबाट अमेरिका र मेक्सिकोका जनता एक–अर्को मुलुकमा जान सक्दैनन् ।

तर, बालबालिका र उनीहरुका अभिभावक भने यो बारमा पुगेर रमाइलाे गर्छन् ।

दुई मुलुकको सीमामा बस्ने बालबालिकालाई मध्यनजर गर्दै नयाँ उपाय अपनाइएको छ । दुई मुलुकका सीमा अभियानकर्मीहरुले सीमा क्षेत्रमा लगाइएको बारमा ढिकिच्याउँ बनाएका छन् ।


यसअनुसार बारको बिच भागमा बनाइएको ढिकिच्याउँको एकातर्फ मेक्सिकोका बालबालिका बस्ने र अर्कोतर्फ अमेरिकी बालबालिका बस्ने गरेका छन् ।

यसबाट एक मुलुकका बालबालिकाले अर्को मुलुकका बालबालिकासँग ढिकिच्याउँ खेल्ने गरेका छन् । मुलुक फरक भए पनि उनीहरुको रहर पूरा गर्ने माध्यम बनेको छ- ढिकिच्याउँ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ०२ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले