उदाहरणीय जनप्रतिनिधि– जसले आफ्नो तलबभत्ता सामाजिक कार्यमा लगाए « Khabarhub

उदाहरणीय जनप्रतिनिधि– जसले आफ्नो तलबभत्ता सामाजिक कार्यमा लगाए


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– जनप्रतिनिधिहरु सुविधाभोगी भन्दै आलोचना भइरहेका बेला कास्कीका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् ।

कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५/७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको १ लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गरेका छन् ।

पोखरा–१७ स्थित प्रगतिटोलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले बानियाँले उपलब्ध गराएको ११ हजार ४०० बराबरको एक बण्डल जस्तापाता मैना विकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा–१५ सिद्ध मावि अक्षयकोष स्थापनार्थ १२ हजार ५००, स्यानीपाटन बहुउद्देश्यीय भवन बनाउन २१ हजार ६००, गण्डकी रिभर साइड युवा क्लबको बहुउद्देश्यीय भवन निर्माणका लागि १ हजार ४०० वितरण गरेको बानियाँले जानकारी दिए ।

त्यसैगरी पोखरा–२१ स्थित जनचेतना माविका विपन्न एवं जेहेन्दार १४ छात्रछात्रालाई जनही ५ हजारका दरले ७० हजार र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरालाई २५ हजार वितरण गरेको उनले बताए । पोखरा महानगरपालिका–१५ बाट निर्वाचित बानियाँका अनुसार निर्वाचनका अवसरमा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार नै विकास निर्माणमा जुटेको बताउँदै देखिने गरी परिणाम आउन समय लाग्ने बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्