अमेरिकामा पक्राउ परेका ७ सय आप्रवासी मध्ये ३ सय थुनामुक्त | Khabarhub Khabarhub

अमेरिकामा पक्राउ परेका ७ सय आप्रवासी मध्ये ३ सय थुनामुक्त


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–बुधबार अमेरिकाको मिसिसिपी राज्यमा पक्राउ परेका आप्रवासीहरुमध्ये ३ सय थुनामुक्त भएका छन् । अभियानकर्ताहरुले भने पक्राउ परेका सबैजना थुनामुक्त गर्न माग गरेका छन् ।

मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा बुधबार पक्राउ परेका थिए ।

त्यो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको बिरोध गरेको बीबीसीले जनाएको छ । तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले गत जुन महिनामा “गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गरिने” घोषणा गरेका थिए ।

अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले त्यो कारबाही अनावश्यक र क्रुर भएको बताएको छ। त्यस क्रममा खासगरी हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका कामदारहरूलाई विभिन्न उद्योगहरूबाट पक्राउ गरिएको थियो।

उनीहरू सूचीकृत कामदार नभएको आशङ्का गरिएको थियो। अहिले तीमध्ये आधा थुनामुक्त भएको बताइएको छ ।

तर विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले पछिल्लो कारबाही कामदारका बालबालिकाहरूका लागि हानिकारक हुन सक्ने भन्दै भर्त्सना गरेका छन् । आप्रवासी कामदारहरू पक्राउ परेपछि उनीहरूमध्ये धेरैका केटाकेटी आमाबाबुबाट छुट्टिनुपर्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २५ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो