काठमाडौंको स्वयम्भुमा गोली चल्यो, १ जना घाइते « Khabarhub

काठमाडौंको स्वयम्भुमा गोली चल्यो, १ जना घाइते


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको बताए ।

प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा लोप्साङ भनिने मिलन लामा छन् ।

उनी राजधानीमा हुने चोरीका घटनामा संलग्न रहँदै आएका प्रहरीले जनाएको छ । लोप्साङको घुँडा मुनि २ ओटा गोली लागेको छ ।

उनलाई उपचारका लागि अहिले वीर अस्पताल भर्ना गरिएको एसएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पछिल्लो समय उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षकी छोरीलाई ज्यान मार्दिन्छु भन्दै धम्की दिएका थिए । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनको खोजी गरेको थियो ।

 

लोप्साङसँगै प्रहरीले अमृत तामाङ भन्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : ३३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण