ललिपुरका सडकमा आजबाट ब्रमुर सञ्चालन « Khabarhub

ललिपुरका सडकमा आजबाट ब्रमुर सञ्चालन


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुर महानगरपालिकाले खरिद गरेका दुइ वटा ब्रमुर र दुइ वटा पानी ट्याङ्कर आज (शुक्रवार) बाट सञ्चालनमा आएका छन् ।

महानगर क्षेत्रलाइ धुलोमुक्त महानगर बनाउने अभियान अनुरुप महानगरले टेन्डर प्रक्रियाद्धारा ब्रुमर र पानी ट्याङ्कर खरिद गरेको थियो ।

इटालियन युरो ४ मापदण्डका ब्रमुर खरिदका लागि महानगरले २०७५ मंसिर २७ गते बोलपत्र आव्हान गरेको थियो । सोही अनुरुप २०७५ पौष २९ मा खोलिएको टेण्डरअनुसार जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो ।

कम्पनीले भ्याटसहित ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँमा ब्रुमर उपलब्ध गराएको हो ।

सो ब्रमुर डिजेलमा चल्ने छन् भने ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ ।

ब्रमुरको अगाडी एउटा र दायााबायाँ २ र बीचमा १ गरी ४ वटा ब्रस र पछाडी एएटा भ्याकुम क्लिनर समेत रहेको छ । यसको १ सय १० किलोवाट इन्जिन क्षमता छ ।

ब्रुमर सञ्चालनका लागि कम्पनीले महानगरका ५ जना प्राविधिकहरुलाइ सात दिनको तालिम दिइसकेको छ ।

६२ लाखका २ वटा पानी ट्याङ्कर

त्यस्तै २ वटा पानी ट्याङ्कर खरिदका लागि महानगरले २०७५ माघ २१ गते बोलपत्र आव्हान गरेको थियो ।

सोही अनुरुप २०७५ फागुन २२ गते बोलपत्र खुला हुँदा सिप्रदी ट्रेडिङ प्राली छनौट भएको थियो । सिप्रदीले भ्याट सहित ६२ लाख ९० हजार रुपैयाँमा २ वटा पानी ट्याङकर उपलब्ध गराएको महानगरले जनाएको छ ।

इन्डियामा बनेको टाटा कम्पनीको एलपीटी १०१० मोडेलको पानी टयाङ्करको क्षमता ९३ दशमलव २ किलोवाट रहेको छ । ६ हजार लिटर पानी भण्डार गर्न सक्ने क्षमता रहेको ती ट्याङ्करका लागि कम्पनीले १ वर्षको वारेन्टी समेत दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : ३५ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार