ललिपुरका सडकमा आजबाट ब्रमुर सञ्चालन « Khabarhub

ललिपुरका सडकमा आजबाट ब्रमुर सञ्चालन


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुर महानगरपालिकाले खरिद गरेका दुइ वटा ब्रमुर र दुइ वटा पानी ट्याङ्कर आज (शुक्रवार) बाट सञ्चालनमा आएका छन् ।

महानगर क्षेत्रलाइ धुलोमुक्त महानगर बनाउने अभियान अनुरुप महानगरले टेन्डर प्रक्रियाद्धारा ब्रुमर र पानी ट्याङ्कर खरिद गरेको थियो ।

इटालियन युरो ४ मापदण्डका ब्रमुर खरिदका लागि महानगरले २०७५ मंसिर २७ गते बोलपत्र आव्हान गरेको थियो । सोही अनुरुप २०७५ पौष २९ मा खोलिएको टेण्डरअनुसार जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो ।

कम्पनीले भ्याटसहित ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँमा ब्रुमर उपलब्ध गराएको हो ।

सो ब्रमुर डिजेलमा चल्ने छन् भने ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ ।

ब्रमुरको अगाडी एउटा र दायााबायाँ २ र बीचमा १ गरी ४ वटा ब्रस र पछाडी एएटा भ्याकुम क्लिनर समेत रहेको छ । यसको १ सय १० किलोवाट इन्जिन क्षमता छ ।

ब्रुमर सञ्चालनका लागि कम्पनीले महानगरका ५ जना प्राविधिकहरुलाइ सात दिनको तालिम दिइसकेको छ ।

६२ लाखका २ वटा पानी ट्याङ्कर

त्यस्तै २ वटा पानी ट्याङ्कर खरिदका लागि महानगरले २०७५ माघ २१ गते बोलपत्र आव्हान गरेको थियो ।

सोही अनुरुप २०७५ फागुन २२ गते बोलपत्र खुला हुँदा सिप्रदी ट्रेडिङ प्राली छनौट भएको थियो । सिप्रदीले भ्याट सहित ६२ लाख ९० हजार रुपैयाँमा २ वटा पानी ट्याङकर उपलब्ध गराएको महानगरले जनाएको छ ।

इन्डियामा बनेको टाटा कम्पनीको एलपीटी १०१० मोडेलको पानी टयाङ्करको क्षमता ९३ दशमलव २ किलोवाट रहेको छ । ६ हजार लिटर पानी भण्डार गर्न सक्ने क्षमता रहेको ती ट्याङ्करका लागि कम्पनीले १ वर्षको वारेन्टी समेत दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : ३५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको