९ लाख मूल्य बराबरको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ « Khabarhub

९ लाख मूल्य बराबरको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९ लाख मूल्य बराबरको सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भुपेन्द्र मगर छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले भुपेन्द्रलाई १ सय ५० ग्राम सुनको बालासहित नियन्त्रणमा लिएको हो ।

भुपेन्द्रले वैदेशिक रोजगारीबाट आएका नेपालीबाट अवैध रुपमा ल्याइएको सुन संकलन गरेर लैजान लागेका थिए ।

तस्करहरुले अहिले सानो सानो मात्रामा सुन तस्करी गर्न वैदेशिक रोजगारीबाट घर फर्किने नेपालीको प्रयोग गर्ने गरेका छन् ।

भुपेन्द्र पनि तस्करहरुको समूहसँग संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुपेन्द्रलाई सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : १६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र