९ लाख मूल्य बराबरको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ « Khabarhub

९ लाख मूल्य बराबरको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९ लाख मूल्य बराबरको सुनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भुपेन्द्र मगर छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले भुपेन्द्रलाई १ सय ५० ग्राम सुनको बालासहित नियन्त्रणमा लिएको हो ।

भुपेन्द्रले वैदेशिक रोजगारीबाट आएका नेपालीबाट अवैध रुपमा ल्याइएको सुन संकलन गरेर लैजान लागेका थिए ।

तस्करहरुले अहिले सानो सानो मात्रामा सुन तस्करी गर्न वैदेशिक रोजगारीबाट घर फर्किने नेपालीको प्रयोग गर्ने गरेका छन् ।

भुपेन्द्र पनि तस्करहरुको समूहसँग संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुपेन्द्रलाई सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : १६ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा