साम्राज्ञीलाई सारी लगाउनै झण्झट ? « Khabarhub

साम्राज्ञीलाई सारी लगाउनै झण्झट ?


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । केही हप्तायता उनी फिल्मका कारणले भन्दा पनि व्यक्तिगत कारणले चर्चामा थिइन् ।

अहिले भने साम्राज्ञी फिल्ममय बनेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘मारुनी’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी एक प्रेमिकाका रुपमा देखिनेछिन् । योसँगै दशैँमा रिलिज हुने भनिएको चलचित्र ‘रातो टीका निधारमा’ मा पनि उनलाई देख्न सकिनेछ ।

बिहीबार राजधानीमा चलचित्र ‘रातो टीका निधारमा’ फिल्मको गीत रिलिज कार्यक्रममा थियो । कार्यक्रममा साम्राज्ञी हरियो सारीमा सजिएर आएकी थिइन् । त्यसैले पनि होला, धेरैको ध्यान उनको पहिरनमा गएको थियो ।

कार्यक्रम हुँदै गर्दा साम्राज्ञीलाई सोधियो – सारीमा हिँड्दा कत्तिको सहज महसुस गरिरहनुभएको छ?

साम्राज्ञीले भने आफूलाई सारी लगाउँदा असहज हुने गरेको बताइन् । उनले भनिन्, ‘सारी लाउँदा राम्री देखिन्छ तर असहज महसूस हुन्छ, हिल लगाएर हिँड्दा झनै गाह्रो हुन्छ ।’

साम्राज्ञीलाई प्रायः बोल्ड रुपमा देखिन्छ । उनले यही लूकमा आफूलाई सहज हुने बताइन् ।

साम्राज्ञी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । छानेर मात्र फिल्म खेल्ने बताउने साम्राज्ञीले ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवैको भूमिका राम्रो लागेकाले फिल्ममा अभिनय गर्न राजी भएको बताइन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : ४६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु