गुगल सर्चमा अघि आउन अपनाउनुपर्ने ५ तरिका « Khabarhub

गुगल सर्चमा अघि आउन अपनाउनुपर्ने ५ तरिका


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यतिबेला अधिकांश उत्पादन तथा अनलाइन साइटहरु गुगलमा कसरी माथि आउन सकिन्छ भन्ने ध्याउन्नमा छन् । अझ त्यसमा पनि गुगलको सर्च इन्जिनमा कसरी आउन सकिन्छ भन्ने खोज अनुसन्धान पनि भइरहेका छन् ।

यदि गुगलमा सम्बन्धित विषयका बारेमा कसैले सर्च गर्यो भने आफ्नो वेबसाइट, आफुले पोष्ट गरेका सामाग्रीहरु, आफ्नो कम्पनी तथा विषयहरु सूचिको सबैभन्दा माथि देखियो भन्ने चाहना राख्नु सामान्य पनि हो ।

गुगल सर्चमा टप लिस्टमा आउनु भनेको लोकप्रियताको मापन पनि हो । केही यस्ता काइदा छन् जसबाट तपाइँ आफ्नो वेबसाइट वा इन्टरनेट सामाग्रीहरुहरुलाई गुगल सर्चको टप लिस्टमा पुर्‍याउन सक्नुहुन्छ ।

मोबाइल मैत्री बनाउने : न्यूज साइटदेखि लिएर सपिङ साइट सम्मका वेबसाइटहरु मोबाइलमा हेर्नेको संख्या बढिरहेको छ । यदि तपाइँको वेबसाइट मोबाइल फ्रेण्डली भयो भने गुगल सर्चमा अगाडि आउने उत्तम विकल्प रहन्छ र यसबाट तपाइँको वेबसाइटका भिजिटर्सको संख्या पनि ह्वात्तै बढ्दछ ।

शीर्षक आकर्षक बनाउने : कि वर्डको साथसाथै तपाइँले सामाग्रीको गुणस्तरमा पनि ध्यान दिनुपर्ने हुन्छ । यदि राम्रो सामाग्री भयो भने धेरै मानिस प्रभावित भएर तपाइँको वेबसाइटको सामाग्री पढ्ने तथा शेयर गर्ने क्रम तिब्र हुन्छ ।

सामाजिक मैत्री बनाउने : तपाइँको साइटका सामाग्रीहरु भद्र, सभ्य तथा सामाजिक पाराका हुनुपर्छ । यो भयो भने सबैखाले मानिसहरुले पढ्ने तथा शेयर गर्ने गर्छन् । वेबसाइट भिजिट गर्ने मानिसको संख्या पनि बढिरहन्छ ।

हाइपरलिंक राख्ने : आफ्नो साइटका सामाग्रीहरुको आधिकारिकताका लागि मूल श्रोतको हाइपरलिंक ठाउँठाउँमा दिनुपर्छ । यसो गर्दा मानिसहरुले मूल श्रोतसम्म पनि पुगेर सामाग्रीहरु पढ्दछन् । त्यस्तै आफ्नै साइटका पूराना सान्दर्भिक सामाग्रीहरुलाई समेत हाइपर लिंकमा राखिदिनुपर्छ । यसो गर्दा पूराना सामाग्रीहरु समेत पटक पटक पढिन्छन् र वेबसाइट भिजिटर्सको संख्या बढ्छ । सामाग्रीहरु धेरै पटक पढिँदा त्यो गुगल सर्चमा पनि अगाडि आउने सम्भावना हुनछ ।

वेब स्पिड बढाउने : तपाइँको साइट कति छिटो खुल्दछ र त्यसका सामाग्रीहरु प्रयोगकर्ताले कति छिटो पढ्न पाउँछ भन्ने कुराले पनि लोकप्रियताको मापन गर्दछ । खुल्नकै लागि बेर गर्ने धीमा साइटका प्रयोगकर्ता पनि घट्दछन् र यसबाट तपाइँको साइट सर्च रिजल्टमा माथिल्लो स्थानमा आउने सम्भावना कम हुन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १ : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा