आदिवासी जनजातिको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित | Khabarhub Khabarhub

आदिवासी जनजातिको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासी तथा जनजातिसँग सम्बन्धित संघ तथा संस्थाको विरोध कार्यक्रमकका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आदिवासी जनजातिको विरोध कार्यक्रमका कारण काठमाडौं उपत्यकाका ४ ओटा रुपको सवारी आवागमन प्रभावित भएको हो ।

ट्राफिक प्रहरीले आवागमन प्रभावित हुने रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग प्रयोग अनुरोध गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले काठमाडौं उत्पकाका निम्न रुटहरुको सवारी आवागमन प्रभावित भएको छ,

– तीनकुने–मुनिभैरव हुँदै चल्ने रुट
– लगनखेलबाट एकान्तकुना हुँदै चल्ने सवारीसाधनलाई जावलाखेल हुँदै एकान्तकुनातर्फ पठाइएको छ,
– बल्खुबाट कालीमाटीतर्फ चल्ने सवारीसाधनहरुलाई बल्खु( कलंकी हुँदै कालिमाटीतर्फ पठाइएको छ,
– बानेश्वरबाट माइतीघरतर्फ चल्ने सवारीसाधनहरुलाई थापागाँउ, अनामनगर, हनुमानथान, पतलीसडकतर्फ पठाइएको छ,
– भद्रकालीबाट सिंहदरबार माइतिघरतर्फ आउने सवारीसाधनहरुलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ,

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ३ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र