अब अधिकारका लागि हतियार उठाउनु पर्दैन– नेम्बाङ « Khabarhub

अब अधिकारका लागि हतियार उठाउनु पर्दैन– नेम्बाङ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताएका छन् ।

स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उनले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गरेका हुन् ।

“संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ”, पूर्वसभामुख नेम्बाङले भने, “मुख्य दलहरू एक ठाउँमा उभिँदा संविधान निर्माण भयो ।

त्यसरी नै सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भएको छ ।” उनले जनताको सपना पूरा गर्न वर्तमान सरकार कुनै पनि हालतमा पछि नहट्ने जिकिर गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता नेम्बाङले मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएकाले सबैको सहकार्यमा संविधान कार्यान्वयन गर्नुपर्ने बताए । मुलुकको व्यवस्था बिग्रन नदिई संविधान कार्यान्वयन गर्नुपर्छ भन्दै उनले एकताबद्ध भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुने उल्लेख गरे ।

“मैले यही विद्यालयबाट कक्षा ७ देखि एसएससीसम्म पढे । कतिपय कक्षामा त एउटै शिक्षकले धेरै विषय पनि पढाउनुहुन्थ्यो”, उनले भने “अहिले मैले पढेको विद्यालयभन्दा खुशी लाग्छ । हामी कति विकसित भयौं । त्यता पनि सोच्नु आवश्यक पर्छ ।”

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : १७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको