अब अधिकारका लागि हतियार उठाउनु पर्दैन– नेम्बाङ « Khabarhub

अब अधिकारका लागि हतियार उठाउनु पर्दैन– नेम्बाङ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताएका छन् ।

स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उनले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गरेका हुन् ।

“संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ”, पूर्वसभामुख नेम्बाङले भने, “मुख्य दलहरू एक ठाउँमा उभिँदा संविधान निर्माण भयो ।

त्यसरी नै सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भएको छ ।” उनले जनताको सपना पूरा गर्न वर्तमान सरकार कुनै पनि हालतमा पछि नहट्ने जिकिर गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता नेम्बाङले मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएकाले सबैको सहकार्यमा संविधान कार्यान्वयन गर्नुपर्ने बताए । मुलुकको व्यवस्था बिग्रन नदिई संविधान कार्यान्वयन गर्नुपर्छ भन्दै उनले एकताबद्ध भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुने उल्लेख गरे ।

“मैले यही विद्यालयबाट कक्षा ७ देखि एसएससीसम्म पढे । कतिपय कक्षामा त एउटै शिक्षकले धेरै विषय पनि पढाउनुहुन्थ्यो”, उनले भने “अहिले मैले पढेको विद्यालयभन्दा खुशी लाग्छ । हामी कति विकसित भयौं । त्यता पनि सोच्नु आवश्यक पर्छ ।”

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : १७ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको