खाडीका देशमा एक हप्ता विदा, नेपाली कामदारलाई पनि फाइदा « Khabarhub

खाडीका देशमा एक हप्ता विदा, नेपाली कामदारलाई पनि फाइदा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईस्लाम धर्मावलम्वीहरुको चाँड ईद अल अधाको अवसरमा खाडी मुलुकमा एक हप्ता विदा हुने भएको छ ।

मुस्लीम धर्मावलम्बीहरुले आगामी अगस्ट ११ देखि १५ सम्म ईद अल अधा मनाउँदै छन् । उक्त अवसरमा खाडीका विभिन्न देशमा कार्यरत विदेशी कामदारले पनि एक हप्ता विदा पाउने भएका छन् ।

त्यसमध्ये तीन दिन चाँहि कामदारले तलबसहितको बिदा पाउने छन् । अनिवार्य सेवाका भएपनि ईदको पहिलो दिन विदेशी कामदारहरुले अनिवार्य बिदा पाउने छन् ।

कतार सरकारले ईदका अवसरमा सरकारी कार्यालयमा ५ तथा निजी क्षेत्रमा तीन दिनको बिदाको घोषणा गरेको छ। कतारस्थित नेपाली दूतावासले अगस्ट ११ र १२ तारिखमा कार्यालय विदा गरिने सूचना प्रकाशित गरेको छ ।

साउदीस्थीत नेपाली दूतावासले ईदको समयमा सतर्क रहन नेपाली कामदारसहित नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै ईदमा लामो छुट्टी हुने भएकाले मद्यपान गरी झगडा नगर्न तथा उक्त समयलाई खेलकुद, भेटघाट तथा रमाइलो गर्दा सहज रहन आग्रह गरेको छ । यस्तै, ओमन, कुवेत, बहराइनलगायतका देशले पनि अधाको अवसरमा नियोग बन्द हुने जनाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : २६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग