प्रदीपको ‘प्रेम गीत ३’ मा भयो यी कलाकारको इन्ट्री | Khabarhub Khabarhub

प्रदीपको ‘प्रेम गीत ३’ मा भयो यी कलाकारको इन्ट्री


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गीत ३’ को मुख्य कलाकार चयन कार्य सकिएको निर्माण टिमले जनाएको छ । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रका लागि मुख्य कलाकार छनोट कार्य सकिएको जानकारी दिए ।

प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ लगायतको शीर्ष भूमिका रहने यो फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, पुष्कर कार्की, सन्तोष सेन र प्रेम पुरीले अभिनय गर्ने फाइनल भइसकेको थियो ।

अब भने अन्य कलाकार पनि छनोट भइसकेको निर्माण टिमले जनायो । निर्माता सेनका अनुसार फिल्ममा लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणाको पनि अभिनय रहनेछ ।

फिल्म युनिटले चलचित्रमा नायिकाको खोजी अडिसन लिएर गरेको थियो । अडिसनबाट क्रिष्टिना गुरुङ छानिएकी थिइन् । प्रेमकथामा आधारित यो फिल्म औपचारिक घोषणा नहुँदै चर्चामा छ ।

रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : ०६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय