काठमाडौं – चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गीत ३’ को मुख्य कलाकार चयन कार्य सकिएको निर्माण टिमले जनाएको छ । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रका लागि मुख्य कलाकार छनोट कार्य सकिएको जानकारी दिए ।
प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ लगायतको शीर्ष भूमिका रहने यो फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, पुष्कर कार्की, सन्तोष सेन र प्रेम पुरीले अभिनय गर्ने फाइनल भइसकेको थियो ।
अब भने अन्य कलाकार पनि छनोट भइसकेको निर्माण टिमले जनायो । निर्माता सेनका अनुसार फिल्ममा लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणाको पनि अभिनय रहनेछ ।
फिल्म युनिटले चलचित्रमा नायिकाको खोजी अडिसन लिएर गरेको थियो । अडिसनबाट क्रिष्टिना गुरुङ छानिएकी थिइन् । प्रेमकथामा आधारित यो फिल्म औपचारिक घोषणा नहुँदै चर्चामा छ ।
रोमान्टिक सिरिज भनिएको यो फिल्ममा छेतेङ गुरुङ र मन्दिप गौतमको कथा छ भने निर्देशन छेतेन र निर्माता सन्तोष सेनले गर्नेछन् ।
प्रतिक्रिया