१२ तस्वीरमा हेर्नुहोस् माइतीघरमा आदिवासीको नाचगान « Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् माइतीघरमा आदिवासीको नाचगान


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।

आदिवासी जनजातिको हक हितका लागि क्रियाशील रहेका भनिएका विभिन्न संघ, संस्थाले अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरे ।

अघिल्लो वर्षहरुमा एउटै ब्यानरमुनि देखिने आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरुले यस पटक भने छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरे ।

आदिवासी जनजाति महासंघको अगुवाइमा शुक्रबार राजधानी काठमाडौंमा विविध भेषभूषा र पहिचान झल्किने झाँकी प्रदर्शन गरे ।

यसवर्षको आदिवासी दिवसलाई आदिवासी तथा जनजातिको पहिचान र अधिकारी प्राप्तीका लागि संघर्ष जारी राख्ने सन्देश दिने गरी आयोजना गरिएको महासंघले जनाएको छ ।

महासंघले राजधानीको माइतीघरमा कोणसभा आयोजना गरी आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गरायो ।

माइतीघर मण्डलामा आयोजित सभामा आदिवासी तथा जनजातिको पहिचान झल्किने बाजागाजासहित नाचहरु समेत प्रदर्शन गरिएको थियो ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा नेपालका आदिवासी जनजातिले आयोजना गरेको कार्यक्रम र प्रदर्शन गरेको झाँकीलाई खबरहबका क्यामेरापर्सन अदीप श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

आदीवासी दिवसका अवसरमा आयोजित कार्यक्रमसँग सम्बन्धित थप तस्वीरहरु,

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै