वीरगञ्जको वीर्ता बजारमा बम विष्फोट, ३ घाइते « Khabarhub

वीरगञ्जको वीर्ता बजारमा बम विष्फोट, ३ घाइते


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा–वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुतली बम विष्फोट भएको भए पनि कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । साँझपख व्यस्त रहेको तरकारी बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला गम्भीर घाइते भएकी छन् । अन्य दुई जना पनि तरकारी किन्न बजारमा आएका रहेको स्थानीयले बताएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनाको पुष्टि गर्दै विष्फोट उश्रृंखल समूहले गराएको हुन सक्ने आशंका रहेको बताए । खबरहबसँगको कुराकानीमा पोखरेलले भने, ‘तरकारी बजारमा विष्फोट भएर बजारमै रहेका ३ जना घाईते भएको सूचना आएको छ । उनीहरुको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नियोजित नभई कुनै उश्रृंखल व्यक्तिले विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको हामी अनुसन्धान गरिरहेका छौ ।’

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : २६ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक