‘प्रहरी अधिकृत अध्ययनशील हुनुपर्छ’ | Khabarhub Khabarhub

‘प्रहरी अधिकृत अध्ययनशील हुनुपर्छ’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी अधिकृतहरु अध्ययनशील हुनुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रदीपकुमार श्रेष्ठद्वारा लिखित ‘द ल अफ इभिडेयन्स’ नामक पुस्तकको शुक्रबार विमोचन गर्दै खनालले प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सङ्गठनबाट सिकेको अनुभव, अपराध अनुसन्धानमा पुर्‍याएको योगदान तथा मेहनतको प्रशंसा गरेर प्रकाशित पुस्तकलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका अधिकृत अध्ययन तथा लेखनमा पनि आकर्षित भइरहेको उल्लेख गर्दै सङ्गठनको प्रतिनिधित्व गरी समय सान्दर्भिक पुस्तक प्रकाशन भएको बताए ।

नेपाल बार एशोशिएशनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रमाणमुखी एवं वस्तुगत प्रमाण सङ्कलन गरी पीडितलाई न्याय प्रदान गर्ने कार्यमा कानून कार्यान्वयन गर्ने निकाय एकबद्ध हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा सशक्त अनुसन्धानका लागि पुस्तक सहयोगी हुने विश्वास गरे।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : ०५ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका