काठमाडौंमा आजबाट विद्युतीय बस चल्ने | Khabarhub Khabarhub

काठमाडौंमा आजबाट विद्युतीय बस चल्ने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार(आज) बाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ ।

आज दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ । उक्त बसको शुभारम्भ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२ बजे भृकुटीमण्डपबाट यसको शुभारम्भ हुनेछ ।

सुन्दर यातायात प्रालिले थप ५ वटा बस ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।

विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ । यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

बस ४० सिट क्षमताका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ।

कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने छ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ५८ बजे

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी–  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा – पोखरा रंगशालामा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२५ मनाइएको

नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालबाटै चीनसहित विश्वभर