बेल्जियम स्याङ्जा सम्पर्क समितिद्वारा आर्थिक सहयोग « Khabarhub

बेल्जियम स्याङ्जा सम्पर्क समितिद्वारा आर्थिक सहयोग


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले रु दुई लाख २५ हजार ७५२ हस्तान्तरण गरे ।

बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका हुन् ।
एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेले बताए । श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाडौँमा बस्दै आएकी छिन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : ०९ बजे

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच