असोज १४ देखि नयाँ नोट साट्ने व्यवस्था मिलाउँदै राष्ट्र बैंक, यी शाखाबाट पाइन्छ पैसा « Khabarhub

असोज १४ देखि नयाँ नोट साट्ने व्यवस्था मिलाउँदै राष्ट्र बैंक, यी शाखाबाट पाइन्छ पैसा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंकहरुबाट पनि रकम सटहीको व्यवस्था मिलाउन लागेको छ । निजी बैंकहरुलाई भने निश्चित रकम मात्र उपलव्ध गराइने छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका २० हजार रुपैयाँ उपलव्ध गराउने छ ।

गत वर्षहरुमा काठमाडौंस्थित बैंकिङ कार्यालयबाट मात्र सटहीको व्यवस्था गर्ने गरेको थियो । तर यसपटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य वैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट सटहीको व्यवस्था गर्न लागेको छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय, न्यूरोड,पाटन, कीर्तिपुर, बालाजु र भक्तपुरबाट सटही सुविधा पाउन सकिन्छ । त्यस्तै राष्ट्र वाणिज्य बैंकको सिंहदरबार, नयाँ बानेश्वर, विशालबजार, नक्साल, टेकु र सानोठिमी, शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

कृषि विकास बैंकको रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर र पाटनको मंगलबजारबाट नयाँ नोट साट्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ३१ बजे

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई