डाक्टर सन्दुक रुइतमा पनि डेंगुको संक्रमण, अस्पताल भर्ना « Khabarhub

डाक्टर सन्दुक रुइतमा पनि डेंगुको संक्रमण, अस्पताल भर्ना


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतमा पनि डेंगुको संक्रमण देखिएको छ ।

डेंगुको संक्रमण देखिएपछि डा. रुइत ३ दिन अगाडि अस्पताल भर्ना भएका थिए ।

शुक्रबार ज्वरो आएपछि डा रुइत स्वाथ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । नर्भिक अस्पतालमा परीक्षण गर्दा उनमा डेंगुको संक्रमण देखिएको हो ।

नर्भिककै चिकित्सकहरुको सल्लाहमा उनी अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।

रुइतका सहयोगी केदार आचार्यका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

डा रुइत अबको १–२ दिनमै अस्पतालबाट डिस्चार्ज हुनसक्ने आचार्यले जानकारी दिए ।

गत बैसाखमा सुनसरीको धरानबाट शुरू भएको डेंगुको संक्रमण अहिले ६१ जिल्लामा फैलिएको छ । साउन यता मात्रै ३९ सयमा डेंगु भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : ४८ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको