ग्यास्ट्रिक किन हुन्छ ? यस्ता छन् मुख्य ५ कारण « Khabarhub

ग्यास्ट्रिक किन हुन्छ ? यस्ता छन् मुख्य ५ कारण


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेटमा हुने एसिडले खाना पचाउनेदेखि खानामा आएका बाहिरी ब्याक्टेरियालाई मार्ने काम गर्दछ । तर पेटमा हुने अम्लीय पदार्थको उत्पादन बढी भएमा त्यसले तन्तुलाई जलाउने गर्दछ जसलाई साधारण भाषामा ग्यास्ट्रिक भनिन्छ ।

ग्यास्ट्रिक हुँदा पेट फुल्ने, ढ्याउ आउने, पेट भारी हुने, खाना नपच्ने, बान्ता हुने वा पेट दुख्नेजस्ता समस्या देखिन्छन् । लामो समयसम्म खाना नखाँदा पनि ग्यास्ट्रिक भई पेट पोल्ने, खान मन नलाग्ने लगायतका समस्याहरु हुने गर्दछन् । जसका कारणले पाचन प्रकियामा असर पु¥याँउछ र शरीरमा रगत र क्याल्सियमको कमी गराउन सक्छ ।

लामो समयसम्म ग्यास्ट्रिक हुदा कालान्तरमा अल्सर हुँदै क्यान्सरसम्म हुनसक्छ ।

ग्यास्ट्रिक हुनुको कारण ?

– ग्यास्ट्रिक हुनुको मुख्य कारण भनेको खानपानमा हुने गडबडी हो । समयमा नखाने तथा पाएको बखतमा जे पानि खाने बानीले मानिसलाई ग्यास्ट्रिक हुने गर्दछ ।

– बढी चिल्लो तथा मसालेदार खाना खानाले समेत ग्यास्ट्रिक हुन्छ भने तारेको, भुटेको खानाका कारणले पनि ग्यास्ट्रिक हुन्छ ।

– बाहिरी खानाको प्रयोग गर्ने, फास्टफूड र जंकफूडको अत्यधिक सेवन गर्ने तथा झोलिलो खाना नखाने ब्यक्तिमा समेत ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।

– शरीरमा भएका दीर्घरोगको नियन्त्रणका नाममा सेवन गरिने औषधि र बिषेशतः दुखाई कम गर्ने औसाधिको सेवन गर्दा समेत ग्यास्ट्रिक हुन्छ ।

– मदिरा, सुर्ती तथा ड्रग्सको सेवन गर्नेहरुमा र मानसिक तनाव लिनेहरुमा समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : १७ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको