करुवामा लुकाएर सुन ‘तस्करी’ गर्ने व्यक्ति विमानस्थलबाट पक्राउ « Khabarhub

करुवामा लुकाएर सुन ‘तस्करी’ गर्ने व्यक्ति विमानस्थलबाट पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयल स्रोतका अनुसार होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन काठमाडौं पु¥याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने क्रममा होमबहादुरको साथमा सुन रहेको देखिएको हो ।

थप चेकजाँच गर्दा होमबहादुरको साथमा डेढ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होमबहादुरले ल्याएको सुन ‘रिसिभ’ गर्न विमानस्थल पुगेका थप २ जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्य २ जनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का भोजराज घिमिरे र पथरी शनिश्चरे नगरपालिका–२ का अनिल लुइटेल छन् ।

पक्राउ परेका तीनै जनामाथि प्रारम्भिक अनुसन्धानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ३८ बजे

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी