करुवामा लुकाएर सुन ‘तस्करी’ गर्ने व्यक्ति विमानस्थलबाट पक्राउ | Khabarhub Khabarhub

करुवामा लुकाएर सुन ‘तस्करी’ गर्ने व्यक्ति विमानस्थलबाट पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयल स्रोतका अनुसार होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन काठमाडौं पु¥याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने क्रममा होमबहादुरको साथमा सुन रहेको देखिएको हो ।

थप चेकजाँच गर्दा होमबहादुरको साथमा डेढ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होमबहादुरले ल्याएको सुन ‘रिसिभ’ गर्न विमानस्थल पुगेका थप २ जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्य २ जनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का भोजराज घिमिरे र पथरी शनिश्चरे नगरपालिका–२ का अनिल लुइटेल छन् ।

पक्राउ परेका तीनै जनामाथि प्रारम्भिक अनुसन्धानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ३८ बजे

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

राजविराज– यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द

एजेन्सी– सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मंगलबार कम्तीमा

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन

काठमाडौं– एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीधा

बेनीमा कपडा बैंक सञ्चालन

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको