अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ « Khabarhub

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारलाई काम गर्न समय दिनुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमतसहित चुनाव जितेपछि सरकार कसरी चलाउने भन्ने जिम्मेवारी उनीहरूकै भएको उल्लेख गरेका छन्।

बास्कोटाले नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिनासम्म अन्य पक्षबाट टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।

उनले जनता सधैँ साझा रहने उल्लेख गर्दै यसपटक भने रास्वपालाई रोजेको बताए । यसरी मतदाताले रास्वपाको वाचा पत्याएको टिप्पणी गर्दै उनले अब सरकारलाई काम गर्न दिनुपर्ने बताएका छन्।

उनले अनावश्यक आलोचना र खिचातानी नगर्न आग्रह गर्दै सरकारलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

‘रास्वपाले चुनाव जित्यो । चलाउँछन कसरी ? त्यो उनीहरूकै कुरा हो। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो’, उनी भन्छन्, ‘जनता साझा थिए, छन र हुने नै छन्। फरक कति मात्र हो भने आमजनताको रोजाइमा यसपल्ट उनीहरू परे, अझै यसो भनौँ, उनीहरूका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने ।’


प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ०२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा