संविधान दिवस भव्य रुपमा मनाइने « Khabarhub

संविधान दिवस भव्य रुपमा मनाइने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– संविधान दिवस चितवन जिल्लामा पनि विशेष रुपमा मनाइने भएको छ । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो ।

संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

दिवस मनाउने क्रममा असोज २, ३ र ४ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दीपावली गर्ने निर्णय गरिएको छ । यसका लागि आमरुपमा प्रचारप्रसार र सन्देश पुर्‍याउने काम भइरहेको डल्लाकोटीले जानकारी दिए ।

संविधान दिवसका दिन असोज ३ गते नारायणगढको लायन्सचोकबाट विभिन्न बाजागाजा र झाँकीसाथ प्रभातफेरि गरी नारायणीकला मन्दिरमा समापन गरिनेछ ।

यस्तै सरकारी अस्पतालमा बिरामीलाई फलफूल वितरण, राष्ट्रिय झण्डा तयार र उडाउने बेलुनको व्यवस्था गर्न उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घलाई जिम्मेवारी दिइएको छ ।

दिवसकै अवसरमा जिल्ला अदालत चितवन बार एसोसिएशनले अन्तरक्रिया कार्यक्रम गर्ने, जिल्ला खेलकूद विकास समिति र भरतपुर महानगरपालिकाले एउटा खेलको आयोजना गर्ने, नेपाल रेडक्रस सोसाइटीले रक्तदानको कार्यक्रम आयोजना गर्ने भएका छन् ।

यसैगरी भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा र शिक्षा विकास तथा समन्वय एकाइले अन्तर विद्यालय कविता, हाजिर जवाफ र वक्तृत्वकला गर्ने डल्लाकोटीले जानकारी दिए । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ४८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य