नङ टोक्नुको पछाडीका ८ मनोवैज्ञानिक कारण « Khabarhub

नङ टोक्नुको पछाडीका ८ मनोवैज्ञानिक कारण


२३ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नङले बाहिरी प्रभाव तथा आक्रमणबाट औँलालाई बचाउने गर्दछ । नियमित रुपमा बढ्ने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ भने घस्रिएर होस् वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् ।

सायद तपाईंलाई थाहा नहुन सक्छ, विश्वका करौडौँ मानिसहरु नङ टोक्ने गर्दछन् । यसरी नङ टोक्नुको पछाडी केहि मनोवैज्ञानिक कारण पनि छन् ।

१. मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिस नङ टोक्ने गर्दछन् ।

२. पट्यारलाग्दो अवस्था वा मानिसलाई मानसिक रुपमा धिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन् ।

३. सानैदेखि नङ टोक्ने बानी परेकाले समेत पछिसम्म नङ टोक्न छाड्दैनन् ।

४. मानिसहरुमा व्यक्तित्वको अस्थिरताको कमीले समेत नङ टोक्ने लत बस्छ ।

५. ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्दछन् ।

६. आफूमा भएको रिसलाई नियन्त्रणमा ल्याउन समेत मानिस नङ टोकेर शान्त बन्दछन् ।

७. नङ चपाउनुको पछाडी मानिसमा भएको अतिवादी सोच, महत्वकांक्षा र हिन भावना रहने गरको मनोवैज्ञानिकहरुको ठहर छ ।

८. काम नहुँदा वा मनोवैज्ञानिक रुपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।

प्रकाशित मिति : २३ भदौ २०७६, सोमबार  १ : १२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित