नङ टोक्नुको पछाडीका ८ मनोवैज्ञानिक कारण « Khabarhub

नङ टोक्नुको पछाडीका ८ मनोवैज्ञानिक कारण


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नङले बाहिरी प्रभाव तथा आक्रमणबाट औँलालाई बचाउने गर्दछ । नियमित रुपमा बढ्ने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ भने घस्रिएर होस् वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् ।

सायद तपाईंलाई थाहा नहुन सक्छ, विश्वका करौडौँ मानिसहरु नङ टोक्ने गर्दछन् । यसरी नङ टोक्नुको पछाडी केहि मनोवैज्ञानिक कारण पनि छन् ।

१. मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिस नङ टोक्ने गर्दछन् ।

२. पट्यारलाग्दो अवस्था वा मानिसलाई मानसिक रुपमा धिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन् ।

३. सानैदेखि नङ टोक्ने बानी परेकाले समेत पछिसम्म नङ टोक्न छाड्दैनन् ।

४. मानिसहरुमा व्यक्तित्वको अस्थिरताको कमीले समेत नङ टोक्ने लत बस्छ ।

५. ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्दछन् ।

६. आफूमा भएको रिसलाई नियन्त्रणमा ल्याउन समेत मानिस नङ टोकेर शान्त बन्दछन् ।

७. नङ चपाउनुको पछाडी मानिसमा भएको अतिवादी सोच, महत्वकांक्षा र हिन भावना रहने गरको मनोवैज्ञानिकहरुको ठहर छ ।

८. काम नहुँदा वा मनोवैज्ञानिक रुपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : १२ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम